२०८३, १२ असार शुक्रबार
×

ट्रेन्डिङ

करिश्माले आलोचना गरेपछि बाबुराम भट्टराईले लेखे यस्तो स्टाटस

1489 Shares
Spread the love

असार १४ – नायिका करिश्मा मानन्धरले तत्कालीन नयाँ शक्ति पार्टी परित्याग गर्दा पनि त्यती चर्चा पार्टीभित्र भएको थिएन होला जति अहिले भईरहेको छ । करिश्माको पार्टी परित्यागको बारेमा बाबुराम भट्टराईले करिश्मा पार्टीमै रहेको २ बर्षका लागि छुट्टीमा रहेको भन्नु र करिश्माले बाबुराममा पार्टी म्यानेज्मेण्टको क्षमता छैन भनेर अभिव्यक्ति दिनुले केही तरंग भने अवश्यक मच्चिएको छ । करिश्माले नयाँ शक्ति पार्टी र संघिय समाजवादी फोरमसंग पार्टी एकता भएपछि उनले पार्टी परित्याग गरिन् । उनले पार्टीभित्र भूमिकाबिहिन भएर बस्न नसकेको भन्दै पार्टी छोडेको घोषणा गरिन् । यता करिश्माले पद नपाएकोले पार्टी छाडेको आरोप समाजवादी फोरमका युवा नेता विश्वदीप पाण्डेले करिश्मालाई पदाधिकारी हुन नपाएको झोकमा पार्टी परित्याग गरेको आरोप लगाएका छन् ।

यता करिश्माले आफनो आलोचना गरेपछि बाबुराम भट्टराईले पनि निकै शिष्ट भाषामा करिश्मालाई जवाफ दिएका छन् । उनले सामाजिक सञ्जालमा समाज परिवर्तनको निरन्तर यात्रामा सहयात्रीहरू फेरिइरहने भन्दै बताएका छन् । उनले लेखेका छन् “समाज परिवर्तनको निरन्तर यात्रामा सहयात्रीहरू फेरिइरहन सक्छन्१जोसंग जहाँसम्म सहयात्रा गर्नसकिन्छ गर्नुपर्छ ! कोही केही किलोमीटर मात्र सहयात्रा गर्लान्,कोही हजार किलोमीटर सहयात्रा गर्लान्, कोही अन्तिम गन्तव्यसम्म सहयात्रा गर्लान् ! सहयात्रा स्वेच्छाले गर्ने हो! हामी धेरै भन्दा धेरैसंग अन्तिम गन्तव्यसम्म सहयात्रा गर्न चाहन्छौं ! जसले जति दूरीसम्म सहयात्रा गर्छस त्यतिसम्मकालागि हामी सम्बन्धित सबैलाई धन्यवाद दिन चाहन्छौं ! कसैप्रति कुनै दुर्भाव राख्दैनौं !  हामी यात्रा निरन्तर जारी राख्छौं ! सहयात्राको ढोका सधैं खुला राख्छौं !”

उनले करिश्माका लागि अझै पनि पार्टीभित्र ढोका खुला रहेको भान सहित अभिव्यक्ति दिएका छन् । तर करिश्माले भने बाबुराम भट्टराईको निकै सम्मान गर्ने तर पार्टीमा सामेल हुने कुनै सम्भावना रहेको बताउँदै आएकीछिन् । उनले पार्टी परित्यागको घोषणा गरेसंगै आगामी चुनावमा स्वतन्त्रता उम्मेद्वारको रुपमा पनि उठ्न सक्ने बताएकी थिईन् ।

प्रतिक्रिया