२०८३, १२ असार शुक्रबार
×

ट्रेन्डिङ

पञ्चायत र राजतन्त्र फालेको कांग्रेसलाई ओली सरकार ढाल्न समस्या छैन : देउवा

1640 Shares
Spread the love

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रमाथि प्रहार गरिरहे सरकार ढालिदिने चेतावनी दिएका छन्।
सभापति देउवाले प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रतामाथि नै प्रहार हुने गरी सरकारले ल्याएको विधेयकहरु कुनै पनि हालत पारित हुन नदिने अडान दोहोर्याए।

लोकतन्त्रको लागि राणा ढालेको काँग्रेसले पञ्चायतलाई ढाल्यो, राजतन्त्रलाई ढाल्यो भने केपी ओली नेतृत्वको सरकारलाई ढाल्न कुनै समस्या नहुने सभापति देउवाको दावी छ। शुक्रबार पार्टी निकट स्थानीय तहका कर्मचारीहरुले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै सभापति देउवाले पार्टी निकट कर्मचारीहरुलाई सरकारले धेरै दुःख दिने गरेको भन्दै आक्रोश व्यक्त गरे।

लोकतन्त्रको लागि राणा ढालेको काँग्रेसले पञ्चायतलाई ढाल्यो, राजतन्त्रलाई ढाल्यो भने केपी ओली नेतृत्वको सरकारलाई ढाल्न कुनै समस्या छैन :देउवा

त्यस अवसरमा उनले वर्षौदेखि स्थानीय तहमा काम गर्दैै आएका अस्थायी कर्मचारीहरुलाई स्वतह स्थायी नगरे सरकारविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी दिए।

कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वाईडबडी विमान काण्डमा भएको भ्रष्टाचार छानवीन गरी दोषीमाथि कडा कार्वाही गर्न सरकारलाई दवाब दिए।

उनले भ्रष्टाचार नियन्त्रण गर्न नसकेकै कारण मुलुक संकटतर्फ उन्मुख भएको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्न तत्काल ठोस कदम चाल्न सरकारलाई सचेत गराए।  नेता पौडेलले राजनीतिक पूर्वाग्रह साँधेर कर्मचारीमाथि भेदभावको नीति नलिन पनि सरकारलाई सचेत गराए।

प्रतिक्रिया