२०८३, १० कार्तिक सोमबार
×

ट्रम्प र मोदीबीच भेटवार्ता ,इरानको बिषयमा छलफल

1685 Shares

असार १३ अमेरिका र भारतबीच व्यापार युद्धको सानो झिल्को सल्किरहेको बेला राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । ओसाकामा शुरु हुने जी २० सम्मेलनको अगाडि दुई नेताले भेटवार्ता गरेका हुन् । भेटको क्रममा इरानको बिषयमा छलफल भएको बताईएको छ । साथै ट्रम्प र मोदीबीच व्यापार र सुरक्षाको बिषयमा पनि छलफल गरेका थिए । इन्डियन एक्सप्रेसका अनुसार दुबै नेताबीचको भेटवार्तामा व्यापार, रक्षा र फाइभ-जी कम्युनिकेशन नेटवर्कका बारेमा कुराकानी भएको थियो । मोदीले ट्रम्पसंग भेटवार्ता भएपछि ट्वीटरमा वृहत विषयमा छलफल भएको उल्लेख गरेका छन् ।

फाइभ जी कम्युनिकेशन नेटवर्कमा अमेरिका, चीनलगायत बलिया देशहरुको चासो छ । फाइभ जी नेटवर्क भित्राउँदा आफ्नो देशको कम्पनिलाई जिम्मेवारी दिन अमेरिका, चीनलगायतका देशहरुले दबाब दिने गरेका छन् । पछिल्लो समय भारत र अमेरिकाबीच व्यापार युद्ध चलिरहेको छ । एक अर्काका देशका सामानहरुमा चर्काे कर लगाएपछि यसले निरन्तरता पाईरहेको छ। केही समय अगाडीमात्र ट्रम्पले अमेरिकी मोटरसाईकलमा भारतले चर्काे कर लगाएको तर भारतीय सामानमा भने बढि कर नलगाएकोले भारतीय रवैया सह्य नहुने बताएका थिए । त्यतीमात्र होईन उनले भारतले अमेरिकालाई मुर्ख नसम्झिन समेत चेतावनी दिएका थिए ।

अमेरिका र भारतबीच यस्ता चेतावनीका बीच पनि कुनै न कुनै पनि सम्बन्ध फेरी सुधारिएकै हुन्छ ।बिषेशगरी अमेरिकाले भारतले इरानबाट तेल र रुसबाट हतियार खरिद गरेको बिषयमा असन्तुष्टी देखाउँदै आएको छ । ट्रम्पले जैस ए मोहम्मदका मुखिया मसूद अहजरलाई आतंककारी घोषित गर्न भारतलाई समर्थन गरेपछि यी दुई देशबीच केही सुधार आएको थियो । सोही कारण पनि भारतले अमेरिकी आग्रहकै कारण इरानसंग तेल खरिद गर्ने मात्रा घटाएको छ भने भेनेजुएलासंग त पुर्णरुपमा तेल खरिद बन्द गरिसकेको छ ।

प्रतिक्रिया