२०८३, १२ असार शुक्रबार
×

ट्रेन्डिङ

जबर्जस्ती बजेट पारित गरेको भन्दै काँग्रेस नेताले च्याते पोखरा महानगरको रेडबुक

1070 Shares
Spread the love

कास्की-जबर्जस्ती बजेट पारित गरेको भन्दै, काँग्रेस निकटका वडाध्यक्षले पोखरा महानगरको रेडबुक (बजेट विवरण) च्यातेका छन् । बुधबार नगरसभाको चौथो दिन आएको रेडबुकमा असहमति जनाउँदै उनले रेडबुक च्यातेका हुन् ।

रेडबुक आइसकेपछि त्यसबारे छलफल हुनुपर्नेमा छलफलको समय बजेटबारे बोल्ने मौका पनि दिइएन्, पोखरा का वडाध्यक्ष रामराज लामिछानेले भने, ‘हामीले रेडबुक आइसकेपछि छलफल गरौं भनेका थियौं बजेमात्रै रेडबुक आयो त्यसमा पनि हामीलाई बोल्ने मौकै दिइएन समान रुपमा बजेट वितरण नभएको उनको आरोप

रेडबुक नसच्याए बिहीवार महानगर ताला लगाउने उनले चेतावनी दिए । रेडबुकमाथि छलफलको लागि समय दिनुपर्ने भए पनि एक्कासि बजेट पारित गरेको भन्दै उनले आक्रोश पोखे । 

मेयर मानबहादुर जिसीका सामु ११ वडाध्यक्षसहित ४८ जनाले रेडबुक च्यातेर फालेका हुन् । बजेट वडास्तरीय नभर्इ नगरस्तरीय आएको उनीहरुको आरोप छ । 

गण्डकी प्रदेश सभाको बुधबारको बैठकमा विपक्षी दलका सांसदहरुले पनि बजेट वितरणमुखी भएको आरोप लगाएका छन् ।

प्रतिक्रिया