2094
Shares
काठमाडौं । नेपाली काँग्रेस काठमाडौं जिल्ला कार्यसमितिले बुधवार पूर्णता पाएको छ । जिल्ला सभापति सबुझकृष्ण बानियाँको अध्यक्षमा बसेको बैठकले जिल्ला उपसभापतिमा बिजय माली, सचिवमा शंकर मल्ल ठकुरी र सहसचिव रोमेल श्रेष्ठलाई सर्वसम्मत चयन गरेको छ ।

नवनियुक्त पदाधिकारीलाई आजै काँग्रेस नेता प्रकाशमान सिंहले बधाई तथा शुभकामना दिनु भएको छ । बानियाँ नेतृत्वको नयाँ कार्यसमिति आएको तीन वर्षपछि नेपाली काँग्रेसको जिल्ला कार्यसमितिले पूर्णता पाएको छ ।