२०८३, १२ असार शुक्रबार
×

ट्रेन्डिङ

बाबुराम र गगन थापाबीच वाक युद्ध रोकिएन

937 Shares
Spread the love

असार १०समाजवादी पार्टी नेपालका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई नेपाली कांग्रेसका युवा नेता तथा सांसद गगन थापाबीचको वाक युद्ध अझै रोकिएको छैन केही दिन गोरखामा आयोजित कार्यक्रममा गगन थापाले बाबुरामले कांग्रेसलाई चिडियाघरमा राख्नु पर्ने भन्दै अभिव्यक्ति दिएकोमा उनलाई चुनाव जिताएर गल्ती गरेको अब क्षमापुजा गर्ने भनेर अभिव्यक्ति दिएपछि सुरु भएको वाक युद्धले आज पनि निरन्तरता पाएको

गगनको उक्त अभिव्यक्तिपछि बाबुराम भट्टराईले पनि सामाजिक सञ्जालमाफर्त कांग्रेसलाई सुझाव भन्दै हिले अपहरित बिपीको रक्षा गर बाबुरामको क्षमापूजा पछि गरौला भनेर जवाफ दिए । उनले भनेका थिए “बिपीलाई अब राप्रपाले अपहरण गरेछ । बिपीले एउटा विशिष्ट क्षणमा अपनाएको मेलमिलापको कार्यनीतिलाई कांग्रेसले रणनीति र आदर्श बनाएपछि राप्रपा हौसिने नै भयो । बिपीको आत्माले के भन्दै होला ? कांग्रेसी मित्रहरु हो, पहिले अपहरित बिपीको रक्षा त गर, बाबुरामको क्षमापूजा पछि गरौला । हामी साथ दिन तयार छौं” ।

बिपीलाई अपहरण गरेको भनेपछि गगनले पनि बाबुरामलाई जवाफ फर्काएका छन् । उनले बिपीको विचार कांग्रेसको आत्मा भएको भन्दै उनले बिपीलाई राप्रपाले अपहरण गर्न सक्दैन भनेर जवाफ दिएका छन् । उनले ट्वीटरमा लेखेका छन् “डाक्टर साब, चिन्ता नगर्नुस् । बिपीको विचार कांग्रेसको आत्मा हो । जसरी हिजो त्यसलाई तपाईको जनसरकारले हत्या र हिंसाले समाप्त पार्न सकेन, आज पनि राप्रपाले अपहरण गर्न सक्दैन ।’

प्रतिक्रिया