२०८३, १२ असार शुक्रबार
×

ट्रेन्डिङ

आज नेकपाको सचिवालय बैठक बस्दै

1219 Shares
notext
Spread the love

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को एकीकरणका बाँकी प्रक्रिया टुंगो लगाउन आज सचिवालय बैठक बस्दै छ।

आजदेखि सुरू हुने सचिवालय बैठकले सबैभन्दा पहिला पार्टीको राजनीतिक प्रतिवेदन पारित गर्ने र त्यसपछि पार्टीको सांगठनिक एकता र कार्यविभाजन गर्ने तयारी भइरहेको नेकपा स्रोतले जनाएको छ।

चिवालय बैठकको तयारीका विषयमा हिजो (शुक्रबार) (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच दुई घण्टा लामो छलफल भएको थियो।

पार्टीको अन्तरिम कार्यदिशा जबज कि जनताको जनवाद भन्नेबारे केही समयदेखि पार्टीमा विवाद देखिएको छ। सचिवालय बैठकले पार्टीको अन्तरिम कार्यदिशा पारित गरी राजनीतिक दस्तावज प्रकाशन गर्ने तयारी छ । आजको बैठकमा एजेन्डाकै रुपमा कार्यदिशाबारे छलफल हुन लागेको नेकपाका एक नेताले जनाएका छन्।

पार्टीका केन्द्रीय तथा जिल्ला तहका नेतालाई कार्यविभाजनमा दोहोरो जिम्मेवारी दिने कि नदिने भन्ने विषयमा पनि सचिवालय बैठकमा छलफल हुने भएको छ ।

प्रतिक्रिया