२०८३, १२ असार शुक्रबार
×

ट्रेन्डिङ

सत्तारुढ दल नेकपाभित्र पार्टी र सरकार संचालनका विषयमा चर्को मतभेद

1394 Shares
notext
Spread the love

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी नेकपाको आन्तरिक विवाद चर्किन थालेको छ । सचिवालय बैठकले टुङ्गो लगाएको राजनीतिक कार्यदिशासहितको प्रतिवेदन तल्लो तहसम्म पुर्‍याउने सहमति गरेका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज एक्ला एक्लै छलफल गर्ने भएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो हुने छलफलमा पार्टीमा देखिएको वैचारिक तथा साङ्गठनिक विवाद हल गर्ने विषयमा छलफल केन्द्रित हुने भएको छ । सचिवालय र स्थायी समितिमा समेत अल्पमतमा परेका ओलीले पछिल्लो समय आफूलाई पेलेको महसुस गरेका छन् । तर उनी आफ्नो अडानबाट पछि हट्ने अवस्था नहुँदा पार्टी एकताले अन्तिमरुप पाउन नसकेको एक सचिवालय सदस्यले बताएका छन् ।

प्रधानमन्त्रीसमेत रहेका ओलीको कार्यशैलीको पछिल्लो समय पार्टी भित्रैबाट आलोचना भएको छ । सचिवालय पारित गरेर तल्लो तहसम्म पार्टीको कार्यदिशा ‘जनताको जनवाद’ लैजाने निर्णय रोक्न उपप्रधानमन्त्री समेत ईश्वर पोख्रेललाई अगाडि सारेपछि ओली विरुद्ध प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ प्रकाश र रामबहादुर थापा बादल प्रस्तुत भएका छन् ।

शुक्रवार दिनभर हुने छलफलका आधारमा भोलि शनिवार नेकपाको सचिवालय बैठक बस्नेछ ।

प्रतिक्रिया