असार ५- नेपाली कांग्रेसका सांसद राजेन्द्र कुमार केसीले प्रधानमन्त्रीले उपत्यकावासीमाथि मूर्तिचोरको आरोप लगाएको बताउनु भएको छ । आज बिहिबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद केसीले प्रधानमन्त्रीले पत्रकार सम्मेलनमा उपत्यकावासीलाई मूर्तिचोरको आरोप लगाएको भन्दै आक्रोस व्यक्त गर्नुभयो । प्रधानमन्त्रीले मूर्तिचोरको आरोप लगाउदा उपत्यकावासी अत्यन्त दुखी भएको दाबी गर्नुभयो । गुठी विधेकयकको बारेमा बोल्दै उहाँले विधेयक फिर्ता लिएको भन्दै प्रधानमन्त्रीलाई धन्यवाद दिनुभयो ।
राजधानीमा हिजो भएको खबरदारी सभा भव्य र मर्यादित भएको पनि बताउनु भयो । उहाँले भन्नुभयो “गुठी विधेयक फिर्ता भएको छ । मैले यही सदनमा गुठी विधेयक फिर्ता नभए अवस्था भयाभव हुन्छ भनेको थिएँ । तर गुठी विधेयक फिर्ता भएको छ । म सम्माननीय प्रधानमन्त्रीज्यूलाई धन्यवाद दिन चाहन्छु । उपत्यकाबासीले हिजो अत्यन्तै मर्यादित र अनुशासित खबदरी सभा गरेको छन् । म उपत्यकाबासीलाई पनि धन्यवाद दिन चाहन्छु ।”
गुठी विधेयक फिर्ता भए पनि प्रधानमन्त्रीसंग उपत्यकतावासी अझै पनि विश्वस्त हुन नसकेको उहाँको भनाई छ । उहाँले ‘सम्बन्धित गुठियारलाई बोलाएर प्रधानमन्त्रीले समस्याको समाधान गर्नु पर्ने नभए भयाभवको अवस्था सृजना हुन सक्ने चेतावनी दिनुभयो ।