२०८३, १२ असार शुक्रबार
×

ट्रेन्डिङ

“देउवाको व्यवहारले आश्चर्यचकित भए” :- प्रधानमन्त्री ओली

1312 Shares
Spread the love

असार ३ – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति एंव संसदीय दलका नेता शेरबहादुर देउवाको व्यवहारबाट आफु आश्र्चयचकित भएको बताएका छन् । आज साँझ आयोजना भएको पत्रकार सम्मेलनमा बोल्दै उनले उनले हरेक क्षेत्रमा निहँु खोज्ने कांग्रेसको प्रवृति देखेर आफु अचम्मित भएको बताए । आज संसद अवरुद्ध भएको बारेमा बोल्दै उनले  लोकतान्त्रिक अभ्यासमा पहिले प्रधानमन्त्रीले , बिपक्षी दलका नेता र त्यसपछि मर्यादा क्रम अनुसार बोल्ने विश्वव्यापी प्रचलन रहेको उनको भनाई छ । प्रधानमन्त्रीलाई बोल्न नदिनको लागि कांग्रेसले अड्डी नै लिएर बसेको बताए ।

उनले कांग्रेस सभापति शेर बहादुर देउवा देखेर पनि आफु आश्चर्यचकित भएको बताए । उनले भने “लामो समयदेखि लोकतान्त्रिक आन्दोलनमा साथ दिएका देउवा आफैँ नेतृत्व गरेर प्रधानमन्त्रीले होईन पहिले मैले बोल्न पाउनु पर्छ भनेर वेल घेर्न जानुभयो । आश्चर्यचकित भए म । उहाँलाई संसदीय मर्यादा थाहा हुनु पर्ने” । उनले आज संसदमा अर्मादित क्रियाकलाप भएको भन्दै उनले सांसदमा बोल्न नपाएर पत्रकार सम्मेलन नगरेको बताए । उनले भने ‘संसदमा जे गतिविधि भए ती असंसदीय र अमर्यादित क्रियाकलाप भए। यसबारे देशको ध्यानाकर्षण गराउन खोजेको हुँ ।

प्रतिक्रिया