२०८३, १० कार्तिक सोमबार
×

जम्‍मू कश्‍मीरमा इन्काउन्टर, भारतीय सुरक्षाकर्मीको मृत्यु

1373 Shares

नगर । जम्‍मू कश्‍मीरको अनन्तनागमा २४ घण्टा भित्र दुईपटक इन्काउण्टर भएको छ ।

इन्काउन्टरमा एक भारतीय जवानको मृत्यु भएको बताइएको छ । साथै दुई जना आतंककारीको समेत मृत्यु भएको छ ।

जम्मू कश्मीर प्रहरीले दिएको जानकारी अनुसार, एक जना आतंककारीलाई सुरक्षाबलले घेरा हालेको छ । उक्त आतंककारी कुनै बिल्डिङमा लुकेको र उनलाई घेरा हालेर नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले जानाएको छ । उक्त व्यक्ति जैश ए मोहम्मदसँग सम्बन्धीत भएको बताइएको छ ।

यसअघि हिजो पनि अनन्तनागमा इन्काउन्टर भएको थियो । घटनामा मेजर केतन शर्माको मृत्यु भएको थियो । केही सैनिक जवान घाइते भएका छन् ।v

प्रतिक्रिया