२०८३, १२ असार शुक्रबार
×

ट्रेन्डिङ

‘गुठी विधेयकबारे संसद्लाई जानकारी गराउन नपाउँदा दुःखी छु’

1997 Shares
Spread the love

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधका कारण युरोप भ्रमण र गुठी विधेयकलगायत समसामयिक विषयमा संसद्लाई जानकारी गराउन नपाएकामा आफू दुःखी भएको जनाएका छन्।

प्रधानमन्त्री ओलीले मंगलबारको प्रतिनिधिसभाको बैठक स्थगनपछि ट्वीट गर्दै भनेका छन्, “समसायिक विषयहरूमा रहेको जनचासोका सन्दर्भमा सम्मानित सदनलाई आज जानकारी गराउन पाइन। यस घटनाबाट म दुःखी भएको छु ।”

प्रतिनिसभाको आजको बैठक शुरु हुनासाथ सभामुख कृष्णबहादुर महराले प्रधानमन्त्रीलाई सम्बोधनका लागि समय दिएपछि प्रतिपक्षी काँग्रेसका सांसद्ले रोष्ट्रम घेराउ गरेपछि बैठक स्थगन भएको थियो।

प्रधानमन्त्री ओलीले सोही विषयमा आज साँझ पत्रकार सम्मेलन गरेर आफ्ना भनाइ सार्वजनिक गर्ने बुझिएको छ।

प्रतिक्रिया