२०८३, १० कार्तिक सोमबार
×

लाखौँ अवैध आप्रवासीलाई देश निकाला गर्ने ट्रम्पको घोषणा

1198 Shares

असार ३-  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई यदि केही चीज मन पर्देन भने त्यो हो आप्रवासी । राष्ट्रपति भएदेखि नै आप्रवासीहरुप्रति आक्रमक बन्दै आईरहेका ट्रम्पले आप्रवासीहरुलाई रोक्न धेरै प्रयास गरे , डिभी पनि रोक्ने प्रयास गरे तर सफल भएनन् । अमेरिकामा हुने अधिकांश अपराधिक घटनाहरु आप्रवासीहरुबाटै हुने गरेको र आप्रवासीको कारण राष्ट्रिय सुरक्षामा नै खतरा रहेको उनको भनाई रहँदै आएको छ । यसबीच ट्रम्पका लागि सबैभन्दा टाउको दुखाई बन्यो मेक्सिकोका आप्रवासीहरु ।

अथक प्रयासकाबीच पनि मेक्सिकोबाट आप्रवासीहरु अवैधरुपमा अमेरिका छिर्न नरोकिएपछि उनले सिमामा पर्खाल बनाउने समेत घोषणा गरे । केही सिप नलागेपछि उनले मेक्सिकोलाई दण्डनात्मक कर लगाउने धम्की दिएपछि मेक्सिकोले आप्रवासी रोक्न कदम चाल्ने बतायो । यसबारेमा यी दुई देशबीच सहमति पनि भईसकेको छ । यता ट्रम्पले अर्काे सातादेखि लाखौँ अवैध आप्रवासीलाई देश निकाला गर्ने बताएका छन् । ट्रम्पले मंगलबार ट्वीट गर्दै यसबारेमा बताएका छन् ।

उनले अध्यागमन र भन्सार कार्यान्वयन गर्ने एजेन्सीका अधिकारीहरूले अर्को सातादेखि आप्रवासीहरु हटाउन थाल्ने जानकारी दिने उल्लेख गरेका छन् । उनले आप्रवासीहरुलाई चाँडो भन्दा चाँडो देश निकाला गर्ने बताएका छन् । साथै उनले आप्रवासी रोक्न मेक्सिकोले गरिरहेको पहल र कदमको पनि प्रशंसा गरेका छन् । अमेरिकामा हाल झन्डै १ करोड २० लाख अवैध आप्रवासीहरु रहेका छन् ।

प्रतिक्रिया