1867
Shares
एजेन्सी । चीनमा गएको शक्तिशाली भूकम्पमा परी १२ जनाको मृत्यु भएको छ भने १ सय ३० जना भन्दा धेरै घाइते भएका छन्। च्यानल न्युज एसियाका अनुसार चीनको उत्तरपूर्वी सिचुआन प्रान्तमा गएराति ६ म्याग्निच्युडको भूकम्प गएको हो।
समाचारअनुसार राति १० बजेर ५५ मिनेटमा भूकम्प गएको हो। अधिकांशको मृत्यु घरहरु भत्किँदा भएको हो। घाइतेमध्ये ५३ जनाको अस्पतालमा उपचार भइरहेको समाचारमा जनाइएको छ। जसमध्ये २ जनाको अवस्था गम्भीर छ। उद्दार कार्य जारी छ।