2271
Shares
असार २ -मोहन वैद्य नेतृत्वको नेकपा पार्टी (क्रान्तिकारी माओवादी) का १७ जनालाई प्रहरीले आज नियन्त्रणमा लिएको छ । विगत ५ दिनदेखि त्रिवि सेवा आयोग परिसरमा धर्नामा बसेका पार्टीका केन्द्रीय सदस्यसहित १७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रक्राउ पर्नेहरुमा केन्द्रीय सदस्य सूर्य श्रेष्ठ ,पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेल, महासचिव पेशल दाहाल, सचिवद्वय महेश श्रेष्ठ र सुर्य कार्की, केन्द्रीय सदस्यहरु जितेन्द्र लम्साल, सोभा सेञ्चुरी, सागर शाही, नरबहादुर कुमाल लगायत रहेका छन् । प्रहरीले नियन्त्रणमा लिने क्रममा उनीहरुमाथि र्दुव्यवहार गरेको समेत बताएका छन् । प्रहरीले हातपात गर्दा केन्द्रीय सदस्य श्रेष्ठ , राम नेपाली र कुमार बर्तौला घाईते भएको बताईएको छ ।