२०८३, १० कार्तिक सोमबार
×

अत्याधिक गर्मीका कारण भारतमा ७१ जनाको मृत्यु

824 Shares

बिबिसी । पछिल्लो समय बढेको अत्याधिक गर्मीले भारतमा ७१ जनाको मृत्यु भएको छ। विहार प्रान्तमा अत्याधिक गर्मीले उनीहरूको ज्यान गएको बीबीसीले जनाएको छ। बिहारको औरंगाबाद जिल्लामा ३३, गयामा २५ र नवादामा १३ गरी ७१ जनाको ज्यान गएको जिल्ला अस्पतालले जनाएको छ।

राज्य सरकारका प्रधान सचिवले उनीहरुको ज्यान जानुको कारणबारे अध्ययन गरेपछि मात्र सार्वजनिक गरिने बताएका छन् । राज्य सरकारले ज्यान गुमाएकाका आफन्तलाई ४/४ लाख रुपैयाँ अनुदान दिने घोषणा गरेको छ ।

विहारमा ज्वरोको कारण शनिबार मात्रै झण्डै २० जना बालिबालिकाको ज्यान गएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

उच्च ज्वरोबाट मर्नेको संख्या अहिलेससम्म १०० जना पुगेको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया