काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लोक सेवा आयोगको विज्ञापनमा आफूले केही बोल्न नमिल्ने बताएका छन् । युरोपबाट स्वदेश फर्किने क्रममा अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसंग कुराकानी गर्दै उनले स्थानीय तहमा कर्मचारी भर्नाका लागि आयोगको विज्ञापन सम्बन्धी मुद्दा अदालतमा विचाराधिन रहेकाले आफूले केही भन्न नमिल्ने प्रष्ट पारे । प्रधानमन्त्री ओलीले विज्ञापनका विषयमा पर्ख र हेरको रणनीति अप्नाउने संकेत गरेका छन् ।
युरोप भ्रमणबाट फर्किएका प्रधानमन्त्री ओलीले नेपालको संस्कृति, सांस्कृतिक धरोहर, रीतिरिवाज, चाडपर्वमाथि प्रतिकूल असर हुनेगरी सो विधेयकमा जानेर वा नजानेर केही गल्ती भए सच्याउने प्रतिवद्धता व्यक्त गरे । सोही विषयलाई लिएर विरोध वा आन्दोलन गर्न खोज्नेहरुको ‘चान्स’ नरहेको प्रधानमन्त्री ओलीको भनाई थियो । उनले वाडडबडी विमान खरिद प्रकरणका दोषीमाथि कडा कार्वाही हुने पनि बताए ।
प्रधानमन्त्री ओलीले ८ दिन लामो युरोप भ्रमणका क्रममा स्विजरल्याण्ड, बेलायत र फ्रान्ससँग द्धिपक्षीय हितका विविध विषयमा छलफल गरेका थिए ।