२०८३, १२ असार शुक्रबार
×

ट्रेन्डिङ

गुठी विधेयक सच्याउने प्रधानमन्त्री ओलीको प्रतिवद्धता

1013 Shares
Spread the love

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गुठी विधेयक सच्याउने प्रतिबद्धता जनाएका छन् । युरोप भ्रमणबाट स्वदेश फर्किने क्रममा विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री ओलीले गुठी सम्बन्धी विधेयकमा भुलबस केही गल्ती भएमा सच्याउने प्रतिबद्धता जनाएका हुन् ।

प्रधानन्त्री ओलीले भने ‘गुठी सम्बन्धी विधेयकमा कुनै कमजोरी भए त्यसलाई संशोधन गर्न सकिन्छ । विधेयकका विषयमा विरोध र आन्दोलन गर्न खोज्नेले अवसर पाउँदैनन् । तर गुठीका नाममा कतिपय ठाउँमा शोषण भएको अवस्था छ । त्यस्ता कुरालाई सम्बोधन गर्न खोजिएको हो ।’

प्रधानमन्त्री ओलीले आफ्नो युरोप भ्रमण सफल भएको दाबी गरे ।

प्रतिक्रिया