२०८३, १० कार्तिक सोमबार
×

भारतमा माओवादीको आक्रमणबाट पाँच प्रहरीको मृत्यु

1222 Shares

बिबिसी । भारत झारखण्ड राज्यको सरायकेला खरसांवा जिल्लामा सशस्त्र माओवादी विद्रोहीले प्रहरी सवार गाडीमा आक्रमण गर्दा पाँच प्रहरीको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई असई र तीन कन्स्टेबल छन् ।

झारखण्ड प्रहरी प्रवक्ता घटनाको पुष्टि गरेका छन् । घटना शुक्रबार साँझको हो । आक्रमणबाट पाँच प्रहरीको घटनास्थलमै मृत्यु भएको बताइएको छ । पछिल्लो एक महिनामा माओवादीको यो चौथो आक्रमण हो ।

यस अघि मे २८ मासरायकेला खरसांवा जिल्लाको कुचाईमा माओवादी विद्राहीले बारुदी धराप विस्फोट गराएका थिए । त्यसक्रममा झारखण्ड प्रहरी र सीआरपीएफका २६ जवान घाइते भएका थिए ।

प्रतिक्रिया