२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

काठमाडौंमा पनि डेंगुको उच्च जोखिममा

1678 Shares
Spread the love

देशका विभिन्न भागमा डेंगु रोगको प्रकोप बढ्दै जान थालेको छ। एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने डेंगु रोगको प्रकोप फैलिँदा जोखिम बढ्न पुगेको छ।

राजधानी दैनिकमा समाचार छ, जोखिम बढ्दै गर्दा संघीय राजधानी काठमाडौंमा पनि यसको प्रकोप बढ्न सक्ने भएकाले सतर्कता अपनाउन चिकित्सकले सुझाव दिएका छन् । चिकित्सकका अनुसार काठमाडौं डेंगुको उच्च जोखिममा छ।

रोग नियन्त्रणका लागि सरकारी संयन्त्र कमजोर हुँदा यो रोगको संक्रमण बढ्दै गएको हो।  जनचेतनाको अभाव, केन्द्र, प्रदेश र स्थानीय सरकारबीच सहयोग, समन्वय र सहकार्यको अभाव तथा नियन्त्रणका लागि सरकारको उच्च प्राथमिकतामा पर्न नसक्नुजस्ता कारणले डेंगु रोग न्यूनीकरणको अभियान प्रभावकारी हुन सकेको छैन।

विगत ४० दिनमा ११ जिल्लाका ५६१ जना सो रोगबाट प्रभावित भएका छन्। डेंगु रोगबाट प्रभावितहरूको संख्या अझै बढ्न सक्ने इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा‍. विवेककुमार लालले बताए। उनले भने, ‘अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन, बढ्दै जाने देखिन्छ।’

प्रतिक्रिया