२०८३, २७ बैशाख आईतवार
×

ट्रेन्डिङ

सार्वजनिक यातायातको भाडा १२ प्रतिशतले बढ्यो

1826 Shares
Spread the love

काठमाडौं– यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ। आगामी असार १ गतेदेखि लागु हुनेगरी सार्वजनिक यातायातका साधनमा १२ प्रतिशतसम्म भाडा बढाइएको विभागका महानिर्देशक कुमार दहालले जानकारी दिए।

यसअघि विभागले दशैंको पूर्वसन्ध्यामा सार्वजनिक यातायातमा १० प्रतिशतले भाडा वृद्धि गरेको थियो। व्यवसायीहरु लामो समयदेखि वैज्ञानिक भाडादर कायम गर्नुपर्ने माग गर्दै आएका थिए।

विभागले सवारी साधन र इन्धनमा भएको मूल्य वृद्धि तथा श्रमिकको ज्यालामा वृद्धि, सवारी पार्टपुर्जाको मूल्यमा वृद्धि लगायत बजारको महंगी (मूल्य वृद्धि)लाई मध्यनजर गर्दै यायायात व्यवसायी, उपभोक्ता अगुवा तथा सुरक्षा निकायसँग छलफल गरी वैज्ञानिक भाडादर कायम गरेको हो। भाडा वृद्धिका लागि प्राविधिक समितिले सिफारिस गरेकाे थियाे।

महानिर्देशक दहालका अनुसार अब सार्वजनिक सवारीको भाडा न्युनतम १६ रुपैयाँ पुगेको छ। विभागले ४ किलोमिटरलाई आधार मानेर न्युनतम भाडा तोक्दै आएको छ। यसअघि ४ किमीको १४ रुपैयाँ भाडा थियो।

विभागले ट्याक्सीमा समेत वैज्ञानिक भाडादर कायम गरेको छ। जसअन्तर्गत असार १ गते नै लागु हुनेगरी ट्याक्सी भाडामा फ्ल्याक डाउन प्रणाली लागु गरिनेछ। यो प्रणाली लागु भएपछि ट्याक्सी व्यवसायी तथा उपभोक्ता दुबैलाई राहत हुने विभागले जनाएको छ।

प्रतिक्रिया