२०८३, १२ असार शुक्रबार
×

ट्रेन्डिङ

गुठीसम्बन्धी विद्येयक तत्काल फिर्ता नगरे आन्दोलनमा जान बाध्य हुने

1054 Shares
Spread the love

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)ले संघीय संसदमा पेश गरिएको गुठी विधेयक तत्काल फिर्ता लिन माग गरेको छ ।

राप्रपा (संयुक्त)का अध्यक्षद्वय पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी मुलुकको धार्मिक, सांस्कृतिक पक्षलाई समाप्त पार्नेगरी ल्याइएको विधेयक तत्काल फिर्ता लिन माग गरेका हुन् । विधेयक तत्काल फिर्ता नलिए सरकारविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने अध्यक्ष राणाको चेतावनी छ ।

हिन्दू तथा बौद्ध धर्मलाई नै नष्ट गर्ने गरी आएको सो विधेयकको विरोधमा जनता रहेका र उनीहरुलाई परिचालन गरेर सरकारलाई सो विधेयक फिर्ता लिन बाध्य बनाउने अध्यक्ष राणाको भनाइ छ । अर्का अध्यक्ष लोहनीले सरोकारवाला निकायसँग छलफल गरेर उनीहरुले दिएको सुझावको आधारमा सो विधेयकलाई पुनः तर्जुमा गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए ।

सरकारले भू माफियाको मिलेमतोमा ल्याएको सो विधेयक आफ्नो पार्टीलाई स्विकार्य नहुने उनको चेतावनी छ । विधेयक फिर्ता नलिए नेपाली काँग्रेससँग मिलेर सरकारविरुद्ध आन्दोलन गर्ने पनि राप्रपा (संयुक्त)ले चेतावनी दिएको छ ।

प्रतिक्रिया