२०८३, १२ असार शुक्रबार
×

ट्रेन्डिङ

लोकसेवा आयोगको विज्ञापनसम्बन्धी अदालतले गर्ने निर्णय सबैले मान्नुपर्छ:- रामचन्द्र पौडेल

904 Shares
Spread the love

विराटनगर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले करारमा कर्मचारी नियुक्ति गर्न नहुने बताएका छन् । विराटनगर विमानस्थलमा बिहीबार सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।

लोक सेवा अयोगले कर्मचारी भर्नाका लागि निकालेको विज्ञपनसम्बन्धी विवाद अदालत पुगेकाले सो सम्बन्धमा अदालतले गर्ने निर्णय सबैले मान्नुपर्ने उनको भनाइ थियो । ‘लोकसेवा आयोगले गर्न लागेको कर्मचारी भर्ना प्रक्रिया अदालतमा पुगेकाले त्यसको निर्णय सबैले मान्नुपर्छ,’ पौडेलले भने ।

लोक सेवा अयोगले निष्पक्ष र स्वतन्त्र ढङ्गले कर्मचारी छनोट गर्न पाउनुपर्नेमा जोड दिँदै उनले राज्य व्यवस्था तथा सुशासन समितिले करारमा नियुक्ति गर्न दिनुपर्ने भनी गरेको निर्णय सही नभएको टिप्पणी गरे ।

अर्को प्रसँगमा नेता पौडेलले पार्टीको महाधिवेशन समयमा गर्न आफूले पहिलेदेखि नै आग्रह गरिरहेको उल्लेख गरे । महाधिवेशनको मिति एक वर्ष सारिए निर्वाचनमा प्रभाव पर्ने र पार्टीलाई नोक्सानी हुने उनको दावी थियो ।

भारतमा एस जयशंकर विदेशमन्त्री नियुक्त भएको बारेमा पत्रकारहरुले सोधेको प्रश्नमा नेता पौडेलले नेपाल स्वतन्त्र राष्ट्र र आफ्नो निर्णय आफै गर्न सक्ने भएकाले विदेशमन्त्री नियुक्तिले नेपाल र भारतको सम्बन्धमा कुनै असर नपर्ने धारणा व्यक्त गरे ।

प्रतिक्रिया