२०८१, ३ माघ बिहीबार
×

ट्रेन्डिङ

आन्दोलन गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मी कारबाहीमा पर्ने

1982 Shares

काठमाडाैं । स्वास्थ्य मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई बन्द–हडताल नगर्न निर्देशन दिँदै कडा कारबाही गर्ने चेतावनी दिएको छ।

आमरण अनशनरत डा. गोविन्द केसीको मागमा सरकार गम्भीर नभएको भन्दै चिकित्सक संघको नेतृत्वमा आन्दोलन घोषणा भएपछि मन्त्रालयले मातहतका सबै निकायलाई यस्तो पत्र पठाएको हो।

मन्त्रालयका तर्फबाट सहसचिव मधुसूदन बुर्लाकोटीद्वारा जारी पत्रमा वर्षाको मौसम भएकाले प्राकृतिक प्रकोप, बाढी, पहिरो र सरुवा रोगको संक्रमण हुन सक्ने उल्लेख गर्दै सम्पूर्ण चिकित्सक र स्वास्थ्यकर्मीलाई नियमित कामकाजमा रहन तथा पूर्वअनुमतिबिना बिदामा नबस्नसमेत निर्देश गरिएको छ।

मन्त्रालयले पत्रमा निर्देशन अवज्ञा गरी बिदामा बस्ने तथा आन्दोलनका नाममा बन्द–हडतालमा उत्रे कारबाही गर्ने चेतावनीसमेत दिएको छ।

प्रतिक्रिया