२०८३, १२ असार शुक्रबार
×

ट्रेन्डिङ

गुठीको मूल मर्ममाथि नै प्रहार हुने गरी सरकारले विधेयक ल्यायो : नेता सिंह

2010 Shares
Spread the love

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले गुठीको मूल मर्ममाथि नै प्रहार हुने गरी गुठीसम्बन्धि विधेयक ल्याएको दावी गर्दै तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन्।

काँग्रेस नेता सिंहले सरोकारवाला निकायसँग गम्भिर छलफल गरी सो विधेयक पुनः संसदमा पेश गर्न सरकारलाई सचेत गराए। निजी गुठीलाई राज्यले नियन्त्रण गर्ने गरी ल्याइएको सो विधेयक संविधानको भावनाको समेत बर्खिलाप हुने गरी आएकाले त्यसलाई जनताले समेत नमान्ने नेता सिंहको दावी छ।

नेता सिंहले सरकारले हजारौं वर्षदेखिको धर्म, संस्कृति र सभ्यताको संरक्षण र विकास गर्दै आएको गुठी सम्बन्धि व्यवस्थालाई सरकारले खराव नियतका साथ हटाउन खोजेको आरोप पनि लगाए।

सो विधेयक ल्याएबाट सरकार व्यक्तिको निजी सम्पत्ति हडप्ने तयारीमा रहेको आफूलाई आशंका लागेको पनि नेता सिंहले आरोप लगाए।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै नेता सिंहले संविधानमा गुठीको मूल मर्म प्रतिकूल हुने गरी सो सम्बन्धि ऐन संशोधन गर्न नपाउने व्यवस्था गरिएको तर सरकारले त्यसलाई उलंघन गरेर सो विधेयक ल्याएको आरोप लगाए।

प्रतिक्रिया