२०८३, १० कार्तिक सोमबार
×

“भारतले अमेरिकालाई मुर्ख नसोचे हुन्छ” :- ट्रम्प

1321 Shares

जेठ २८ – विश्वमा नै आफुलाई शक्तिशाली देशको रुपमा देखाउँदै आएको अमेरिका कतिपय देशसंग परमाणु सम्झौता र व्यापार युद्धमा नै अग्रसर बढि देखिईरहेको छ । इरान , रुस , चीन , भेनेजुएला , भारत लगायतका देशसंग कुनै न कुनै रुपमा अमेरिकाको असन्तुष्टी रहदै आएको छ । चीन पछि अमेरिकाको व्यापार युद्ध कतै न कतै भारतसंग पनि हुदै आएको छ । कहिले भारतले अमेरिकालाई सामानमा अत्याधिक कर लाद्ने गरेको छ भने कहिले अमेरिकाले भारतलाई । केही समय अगाडीसम्म भारतले इरानसंग तेल र रुससंग हतियार किनेको भन्दै रुष्ट भएको अमेरिकालाई फकाउन भारतले इारनसंग तेल खरिद आधा घटाईसकेको छ भने भेनेजुएलासंग पुर्णरुपमा बन्द गरिसकेको छ ।

तर पनि अमेरिका भारतबीच हुने व्यापार असन्तुष्टी रोकिएको छैन । हाल भारतले अमेरिकाबाट आयात हुने गरेको मोटरसाईकलमाथि चर्काे कर लगाएको छ । यही कारण डोनाल्ड ट्रम्प असन्तुष्ट भएका छन् । भारतले अमेरिकी मोटरबाईक हार्ले डेविडसनमाथि अत्याधिक कर लगाएको भन्दै मोदीसंग रिसाएका हुन् । हुन त भारतले उक्त मोटरसाईकलमाथिको कर सय प्रतिशत घटाएर ५० प्रतिशतमा झारेको छ तर ट्रम्प यसमा पनि खुसी छैन । सीबीएस न्युजसंग कुराकानी गर्दै ट्रम्पले आफनो शासनकालमा अमेरिकालाई कसैले मुर्ख नसोच्न भनेका छन् ।

कुराकानीको क्रममा उनले भने “मेरो शासनकालमा अमेरिकालाई कसैले पनि मुर्ख बनाउन सक्दैनन् । अमेरिका मुर्ख देश होईन । भारत हाम्रो असल मित्र हो । नरेन्द्र मोदीले एक फोनकै भरमा मोटरसाईकलमाथिको कर सयप्रतिशतबाट ५० प्रतिशतमा त झारेका छन्, तर पनि यो पर्याप्त छैन । हामीले उनीहरुको मोटरसाईकलमाथि कुनै कर लगाउँदैनौँ भने हाम्रोमा चाही किन ? यो कदापी स्वीकार्य हुने छैन”।-एजेन्सीको सहयोगमा

प्रतिक्रिया