1916
Shares
काठमाडौं । नेपाली काँग्रेसले राष्ट्रियसभा बैठक अवरोध गरेको छ । कांग्रेसले गुठी सम्बन्धि विधेयकको बिरोधमा भएको प्रदर्शनमा प्रहरीले गरेको धरपकड र दमनको बिरोध गर्दै बैठक अवरोध गरेको हो ।
सोमबार बैठक शुरु भएपछि काँग्रेस सांसदले उभिएर बिरोध जनाए । काँग्रेस सांसदले अवरोध जारी राखेपछि अध्यक्षले बैठक १५ मिनेटका लागि स्थगित गरेको राष्ट्रियसभा सचिवालयले जनाएको छ ।