२०८३, १२ असार शुक्रबार
×

ट्रेन्डिङ

मन्त्री पण्डितले भने- ‘लोक सेवाको विज्ञापन कानुन अनुसार छ’

978 Shares
Spread the love

काठमाडौं – संघीय मामिला तथा स्थानीय विकास मन्त्री लालबाबु पण्डितले लोकसेवा आयोगले स्थानीय तहका विभिन्न पदका लागि गरेको विज्ञापन संविधानसम्मत भएको दावी गरेका छन् । राज्य व्यवस्था समितिमा छलफलका क्रममा उनले विज्ञापनको बचाउ गरेका छन् ।

संसद्को राज्य व्यवस्था समितिले यसअघि लोकसेवाले गरेको विज्ञापनबारे छलफल गर्न बोलाएका दुई बैठकमा अनुपस्थित भएका मन्त्री पण्डितले आज समितिमा उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्रालयको सिफारिसमा लोकसेवाले गरेको विज्ञापन जायज र कानुन सम्मत भएको दावी गरे ।

मन्त्रालयले आफ्नै चाहना अनुसार नभएर स्थानीय तहबाट कर्मचारी माग भएपछि मात्र विज्ञापन माग गरिएको दावी गर्दै मन्त्री पण्डितले कर्मचारी माग गर्नुपर्नाको असजिलोबारे बुझिदिन आग्रह गरेका छन् । उनले विभिन्न तहले कर्मचारी नदिएमा राजीनामा दिने चेतावनी दिएकाले मन्त्रालयले विज्ञापन गर्ने निर्णय गरेको दावी गरे ।

प्रतिक्रिया