२०८३, १२ असार शुक्रबार
×

ट्रेन्डिङ

“सरकारको कारण पत्रकारहरु रुन थालिसके” :- नेता सिंह

1656 Shares
Spread the love

जेठ २६ नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कम्युनिष्ट सरकार बने रुन पनि पाईदैन भनेर भनेको भनाई फेरी दोहो¥याएका छन् । आज नेपाली कांग्रेस सुर्खेतले गरेको कार्यकर्ता भेटघाटमा बोल्दै उनले यस्तो बताएका हुन् । प्रेस स्वतन्त्रतामाथि सरकारले अंकुश लगाउन खोजिरहेको तर नेपाली कांग्रेस पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा दृढताकासाथ उभिने बताए । उनले भने”चुनावमा कम्युनिष्टले जिते रुन पनि पाइँदैन, अधिनायकवाद लाद्छन भन्दा कांग्रेसले के के बोलेको भन्थे । आज प्रेसमाथि अंकुश लगाउने मिडिया काउन्सिसल विधेयक ल्याएपछि बल्ल संचार जगतको होस खुलेको छ” । सरकारको बिरोधमा समाचार लेखे पत्रकारहरु जेल नै जानु पर्ने अवस्था आएकोले यतिबेला संचारकर्मीहरु रुनु परिरहेको बताए ।

कांग्रेसले नै संविधान जारी गरेकाले त्यसको पालना र रक्षा गर्ने प्रमुख दायित्व पनि कांग्रेसकै रहेको उनले बताए । नेता सिंहले संविधानमाथि धावा बोल्नेबिरुद्ध कांग्रेस जाई लाग्ने बताए । फरक प्रसंगमा उनले कांग्रेसले इतिहास भजाएर मात्रै जनताको मन जित्न नसक्ने बताए । उनले २००७ साल, २०३६ साल, २०४६ सालको इतिहास भजाएर जनताले विश्वास गर्न नसक्ने र त्यसका लागि पार्टीभित्र संस्थागत सुधार गरी विधि विधानबाट चलाउनु पर्ने बिचार व्यक्त गरे । उनले त्यसका लागि जुटबन्दी बन्द गरेर एक ढिक्का भएर अगाडी बढ्नु पर्ने  उनको भनाई छ ।

प्रतिक्रिया