एजेन्सी । भारतस्थित झारखण्डको चम्पारणमा सोमबार बिहान भएको भयानक दुर्घटनामा परी ९ जनाले ज्यान गुमाएका छन् । भारतीय मिडियाका अनुसार सोमबार बिहान (आज विहान) करिब ३ः३० बजेको समयमा भएको उक्त दुर्घटनामा परी ९ जनाको घटनास्थलमै मृत्यु भएको हो ।
उक्त दुर्घटनामा परी कयौं घाइते भएको समाचारमा जनाइएको छ । चम्पारणस्थित दनुआमा सोमबार बिहान ट्रक र बस ठोक्किएर उक्त दुर्घटना भएको हो । राँचीबाट गयातर्फ जाँदै गरेको बस ट्रकमा ठोक्किएर उक्त दुर्घटना भएको हो । छड लोड गरी सडकमा रोकिराखेको ट्रकमा बस ठोक्किएर दुर्घटना भएको बताइएको छ ।
दुर्घटनालगत्तै घटनास्थल पुगेर प्रहरीले गाडीभित्र फसेकाहरुलाई निकाल्ने प्रयास गरिरहेको छ । प्रहरीले अहिलेसम्म ९ जनाको शव निकालिसकेको जानकारी दिएको छ । यद्यपी उनीहरको सनाखत भने हुन सकेको छैन । त्यस्तै घटनामा परी दुई दर्जनभन्दा बढी घाइते भएको समाचारमा उल्लेख छ । घाइतेहरुका अनुसार गाडी तीव्र गतिमा थियो । थुप्रै पटक चालकलाई गति कम गर्न भनेको तर उनले नमानेको उपचारका लागि अस्पताल भर्ना भएका दुर्घटनाका घाइतेहरुलाई उदृत गर्दै समाचारमा भनिएको छ ।