२०८३, १० कार्तिक सोमबार
×

भाजपा र तृणमूल कांग्रेसका कार्यकर्ताबीच झडप हुदाँ चारजनाको मृत्यु

1623 Shares

एजेन्सी । भारतीय जनता पार्टी र तृणमूल कांग्रेसबीच भएको झडपमा परी कम्तीमा चार जनाको मृत्यु भएको छ । पश्चिम बंगालको उत्तर परगनामा भएको उक्त झडपमा परी चार जनाले ज्यान गुमाएका भारतीय मिडियाले समाचार प्रकाशित गरेका छन् ।

लोकसभा निर्वाचन पहिलेदेखि पश्चिम बंगालमा हिंसा भड्किएको थियो । उक्त हिंसा अझैसम्म कायम रहेको स्पष्ट संकेत पछिल्लो घटनाले गरेको समाचारहरुमा जनाइएको छ ।

पश्चिम बंगालमा तृणमूल कांग्रेसको सरकार छ भने मुख्यमन्त्री ममता बनर्जी छिन् । भाजपाले झडपमा परी आफ्ना चार जना र्काकर्ताको मृत्यु भएको बताएको छ भने तृणमूल पार्टीका एक जनाले ज्यान गुमाएका छन् ।

झडपमा परी अन्य ५ जना घाइते भएका छन् भने त्यहाँको स्थिती तनावग्रस्त रहेको अधिकारहिरुलाई उधृत गर्दै समाचारमा जनाइएको छ । पश्चिम बंगालमा भएको यो घटनाले दिल्लीमा पनि धक्का पुगेको बताइएको छ ।

अबेर राति भाजपाका नेता मुकुल रायले गृहमन्त्रीसमेत रहेको भाजपा अध्यक्ष अमित साहलाई भेटेका थिए । भेटमा उनले बंगालको घटनाका सम्बन्धमा जानकारी गराएका थिए । त्यसलगत्तै गृहमन्त्री साहले घटनालाई ‘गम्भीरतापूर्वक’ लिएको र पश्चिम बंगालका भाजापा नेताहरुसँग कुरा गरेका थिए । साथै उनले गृह सचिव राजीव गाबालाई राज्य सरकारसँग संवाद गर्नका लागि निर्देशन दिएका छन् ।

प्रतिक्रिया