जेठ २४ – नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० ले सरकारलाई कडा चेतावनी दिएको छ । आज शुक्रबार पार्टी प्रवक्ताप्रकाण्डद्ले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओली ,पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहलाई कडा चेतावनी दिएको हो । विज्ञप्तिमा बम बिस्फोटमा परि घाईते भएकाहरुलाई भयभित पारेर उपचारमा अवरोध गरिरहेको भन्दै त्यसो नगर्न चेतावनी दिईएको हो । विज्ञिप्तमा भनिएको छ “ओली–बादल मण्डलीको गृह प्रशासनले जेठ ७ गते राजनीतिक कार्यक्रममा हिँडिरहेका हाम्रो पार्टीका युवा कमरेड तिर्थ घिमिरे ‘राजु’लाई निशस्त्र अवस्थामा गिरफ्तार गरेर पार्टी पंक्ति र जनसमुदायलाई तर्साउने र राजनीतिक वातावरण उत्तेजित पार्ने उद्देश्यले हत्या गर्यो ।”

आफनो कार्यकर्ता घिमिरेलाई मुडभेडको नाम दिएर षडन्त्रपुर्वक हत्या गरेको भन्दै विप्लवले जेठ १३ आमहड्ताल सहितका कार्यक्रमहरु सार्वजनिक गरेको थियो । बन्दको अघिल्लो दिन नै बमको सेटिङ मिलाउने क्रममा बिस्फोट भई ४ जनाको मृत्यु भएको थियो भने ५ जना घाईते भएका थिए । घाईतेहरुको उपचारमा नै असहजता उत्पन्न गराईरहेको भन्दै विज्ञप्तिमा अगाडी भनिएको छ “घाइते भएका ५ जना कमरेडहरु सहिद मेमोरियल अस्पताल (कलंकी) , ट्रमा सेन्टर (रत्नपार्क) र ओम अस्पताल (चावहिल) काठमाडौंमा उपचार गराइरहनुभएको छ ।
“तर फासिष्ट दलाल सरकारको गृहप्रशासनले घाइतेका आफन्तलाई सहज रुपमा भेट्न नदिने, तर्साउने, अवरोध गर्ने, विरामीलाई ‘एम्बुस’को रुपमा प्रयोग गर्ने, कुरुवालाई दुःख दिने, विरामीलाई भयभित पारेर उपचारमै अवरोध गरिरहेको छ । हाम्रो पार्टी त्यस व्यवहारको निन्दा गर्दछ” । सरकार तर्फबाट यस्ता ज्याजती नरोके कडा संघर्षमा उत्रिने चेतावनी दिईएको छ । सरकारको ज्याजतीबिरुद्ध आवश्यक कदम चाल्न अधिकारकर्मी, नागरिक समाज र न्यायप्रेमी जनसमुदायमासमेत अपिल गरेका छन् ।