२०८३, १२ असार शुक्रबार
×

ट्रेन्डिङ

मन्त्री लालबाबु पण्डितको चर्को आलोचना

2363 Shares
Spread the love

जेठ २४ – संसदीय समितिको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको चर्को आलोचना भएको छ। आज शुक्रबार डाकेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा मन्त्री पण्डित अनुपस्थित भएपछि प्रतिनिधिसभाका सांसदहरुले चर्काे आलोचना गरेका हुन् । सत्तारुढ नेकपाका सांसद जनार्दन शर्माले संविधान मिचेर ल्याएको लोकसेवा आयोगको विज्ञान तत्कार स्थगित गर्नु पर्ने माग गरे ।

यसैगरी बैठकमा बोल्दै कांग्रेसका नेता तथा सांसद दिलेन्द्रप्रसाद बडुले स्थानीय तहमा कर्मचारी नियुक्ती गर्ने विषयमा पनि मन्त्री पण्डित जिम्मेवार नभएको भन्दै आलोचना गरे । उनले लोकसेवाको विज्ञापन संविधान बिपरित भएको भन्दै खारेज गर्न माग गरे । राष्ट्रिय जनता पार्टी, नेपालका नेता एवं सांसद राजेन्द्र महतोले पनि लोकसेवाको बिज्ञापन संविधान, संघीयता र जनताको अधिकारविरुद्ध हुने खुलाईएको आरोप लगाए ।

महतोले पनि विज्ञापन तत्काल खारेज गर्नका लागि लोक सेवा आयोगलाई निर्देशन दिन पनि समितिकी सभापति माग गरे । बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले भने स्थानीय तहको माग अनुसार नै लोक सेवा आयोगमार्फत् स्थानीय तहको कर्मचारीका लागि पनि विज्ञापन खुलाइएको भन्दै स्पष्टीकरण दिएका छन् ।

प्रतिक्रिया