जेठ २४- दुबईमा एउटा यात्रुबस दुर्घटना हुँदा कम्तीमा १७ जनाको मृत्यु भएको छ । दुर्घटनामा परि अन्य घाईते पनि भएका छन् । ३१ यात्रु सवार उक्त बस शेख मोहम्मद बिन जाएन रोडमा राखिएको सङ्केतचिह्नमा ठोक्किएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा विभिन्न देशका नागरिकहरु रहेका छन् । जसमा ८ जना भारतीय नागरिकहरु रहेका छन् । ओमानमा दर्ता भएको सो बसका चालक पनि घाईते भएका छन् । उनको हाल उपचार चलिरहेको छ । बिहिबार स्थानीय समयअुनसार साँझ ६ बजे दुर्घटना भएको हो ।

दुर्घटनाको कारणबारे र अन्य विवरण आएको छैन । स्थानीय सञ्चारमाध्यमका अनुसार उचाइको सीमितासम्बन्धी जानकारी दिन राखिएको सङ्केतचिह्न छल्न खोज्दा सो बसको दिशा अकस्मात् परिवर्तन भएको र छानो चिरिएको थियो। यता दुबईस्थित भारतीय दूतावासले मृत्यु भएका भारतीय नागरिकको नाम सार्वजनिक गरेको छ।

दुर्घटनामा परेर घाइते भएका अरू भारतीय नागरिकको उपचार हुँदैछ। अरू मृतकबारे थप जानकारी प्राप्त भएको छैन। यसैबीच ओमानी बस कम्पनी म्वासलातले घटनाप्रति दुख व्यक्त गर्दै मस्कट र दुबईबीच सञ्चालित आफ्नो बससेवा अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरेको जनाएको छ । बीबीसीको सहयोगमा