२०८३, १२ असार शुक्रबार
×

ट्रेन्डिङ

श्रीमती र छोरीलाई र्‍यालीमा ल्याउन मेयरद्वारा हेलिकप्टर चार्टर

967 Shares
Spread the love

जेठ २४ – बाग्लुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले आफनो श्रीमती र छोरीलाई र्‍याली तथा आमसभामा ल्याउन हेलिकप्टर चार्टर गरेका छन् ।यही जेठ २१ गते जातीय भेदभाव उन्मुलन दिवसको अवसरमा आयोजित र्‍याली तथा आमसभामा सहभागी गराउन उनले श्रीमती छेला नेपाली र छोरी कर्मालाई हेलिकप्टरमा पोखराबाट बुर्तीबाङ ल्याएका हुन् । हेलिकप्टर मेयर नेपालीकै घरको छतमा ल्याण्ड गरिएको थियो । ८ तले घरको छतमा मेयर नेपालीले हेलीप्याड नै निर्माण गरेका छन् ।

आमसभामा बोल्दै मेयर नेपालीले ढोरपाटन नगरपालिकामा जत्तिको सुशासन देशको कुनै नगरपालिकामा नरहेको उनको जिकिर गरे । सम्बोधनका क्रममा उनले नगरपालिकामा खरको छानो र छुवाछुत हटाएरै छाड्ने संकल्प गरे । उनले सरकारबाट तलब भत्ता समेत नलिने घोषणा गरेका थिए । उनले आफुले भ्रष्टचार गरेको कसैले प्रमाणित गर्न सके झुण्डिएर मर्ने समेत बताएका थिए ।

प्रतिक्रिया