२०८३, १२ असार शुक्रबार
×

ट्रेन्डिङ

मेयर द्वारिकलाल नसच्चिए कडा आन्दोलन गर्ने इटहरी कांग्रेसको चेतावनी

1692 Shares
Spread the love

इटहरी – इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरी नसच्चिए नेपाली कांग्रेस इटहरीले कडा आन्दोलन गर्ने चेतावनी दिएको छ।
केही दिन अगाडि पत्रकार विराट अनुपमलाई नाकको डाँडी भाच्न १ करोड छुट्याएको धम्की दिएका मेयरप्रति कांग्रेस खरो रुपमा प्रस्तुत भएको हो।

नेपाली कांग्रेस इटहरी नगर समितिले पत्रकार सम्मेलनको आयोजना गर्दै मेयर चौधरीलाई सच्चिन आग्रह गरेको हो।
इटहरी कांग्रेसका सभापति हेमकर्ण पौडेलले भने, ‘कांग्रेस विधिको शासन र प्रेस स्वतन्त्रताको पक्षमा रहेकोले पत्रकारमाथि भएको अपमानको भत्सर्ना गर्दछ।

कसैलाई अंगभंग गराउन एक करोड दिएको, सुपारी नै दिईसकेको र अदालत र प्रहरी कमजोरको लागि हुन् भन्दै चेतावनी दिने मेयर चौधरीका अभिव्यक्ति संविधान विपरीत रहेको कांग्रेसको ठहर छ।
आफ्नो कार्यलयभित्र पत्रकारलाई लोपार्ने र कर्मचारी कुट्नेजस्ता निन्दनीय कार्य भएको कांग्रेसको बुझाइ छ।
मेयरले खानेपानी अध्यक्ष रामप्रसाद चौलागाँईंमाथि लागेको भ्रष्टाचार आरोपमा समेत छानबिन हुनुपर्ने कांग्रेसको माग छ।

प्रतिक्रिया