२०८३, १२ असार शुक्रबार
×

ट्रेन्डिङ

गोविन्दराज जोशीको ‘फाइल मगाउने’ सर्वोच्चको आदेश

954 Shares
Spread the love

सर्वोच्च अदालतले कांग्रेस नेता एवं पूर्वमन्त्री गोविन्दराज जोशीसहित ६ जनामाथि परेको भ्रष्टाचारको मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट फाइल मगाउने आदेश दिएको छ।

न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सपना प्रधान मल्लको संयुक्त इजलासले बिहीबार गैरकानुनी सम्पत्ती आर्जन गरी भ्रष्टाचार गरेको अभियोगमा मुद्दा खेपिरहेका जोशीसहित ६ जनाविरुद्ध परेको मुद्दाका सम्बन्धमा कागजात झिकाउन आदेश दिएको हो।

जोशीमाथि २०६९ पुस ६ गते गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अभियोगमा मुद्दा परेको थियो। कांग्रेसका पूर्व सहमहामन्त्री जोशीले गृह, शिक्षा सहितका महत्त्वपूर्ण मन्त्रालय सम्हालेका थिए।

प्रतिक्रिया