२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

कांग्रेसले सुरु गर्‍याे, ‘मेरो रगत कसैको जीवन’ अभियान

1139 Shares
Spread the love

काठमाण्डौं, जेठ, २३ ।
नेपाली काँग्रेसले काठमाडौंमा रक्तदान कार्यक्रम पनि सुरु गरेको छ ।

नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार काठमाडौंमा एक कार्यक्रमकाबीच रगत दान गरेर सो कार्यक्रमको पनि शुभारम्भ गर्नु भएको हो । कार्यक्रममा बोल्दै उहाँले पार्टीको राष्ट्रिय जागरण अभियानलाई प्रभावकारी बनाउन काठमाडौंमा रक्तदान कार्यक्रमको पनि सुरु गरिएको स्पष्ट पार्नु भयो ।

काठमाडौं उपत्यका भित्र रगतको अभाव हुन नदिन नेपाली काँग्रेस जिल्ला सम्पर्क समितिहरुको संयोजनमा यो कार्यक्रम सुरु गरिएको छ । रक्तदान कार्यक्रमलाई हरेक महिनाको अन्तिम शनिबार आयोजना गर्ने पनि काँग्रेसको योजना छ ।

नेपाली काँग्रेसको राष्ट्रिय जागरण अभियान अन्तरगतको पहिलो चरणको कार्यक्रम जेठ २५ गते सकिदैछ ।

प्रतिक्रिया