२०८३, १२ असार शुक्रबार
×

ट्रेन्डिङ

उपत्यकामै सरकारलाई विप्लव नेकपाको चुनौती, भक्तपुरमै जग्गा कब्जा गरेर बोर्ड लगाइयो

2526 Shares
Spread the love

काठमाडौं। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले उपत्यकामै सरकारलाई ठाडो चुनौती दिएको छ । उसले भक्तपुरमा जग्गा कब्जा गरेर त्यहाँ आफ्नो पार्टीले जग्गा कब्जा गरेको बोर्ड लगाएको छ । भक्तपुरको चाँगुनारायण नगरपालिका–२ दुवाकोटमा रहेको जग्गामा कब्जा गरिएको भन्दै ‘जिल्ला जनपरिषद भक्तपुर’को नामबाट बोर्ड टाँगिएको छ ।

यो जग्गा चाँगुनारायण–५ छालिङकी निर्मलाकुमारी पुरी र भक्तपुर नपा १० कमलविनायक निवासी चन्द्रमाया सुवालको संयुक्त नाममा रहेको बताइएको छ । यो जग्गाको लागि पीडित महिलाहरु आफ्नो पार्टीमा उजुरी गर्न आएको र त्यसपछि पार्टीले जग्गा कब्जा गरेको व्यहोराको विज्ञप्ति जारी गरिएको छ । विज्ञप्तिमा अनपढ महिलालाई दबाब र प्रलोभन दिएर जग्गा भूमाफियाले कब्जा गरेकोमा ती महिलालाई न्याय दिलाउन अहिले पार्टीले कब्जा गरेको उल्लेख छ ।

परिषद्ले सो जग्गामा झण्डा गाडेर ‘यो जग्गा कुनै पनि व्यक्तिले हडप्न पाइँदैन । अन्यथा जनपरिषदले कडा कारबाही गर्नेछ’ लेखिएको ब्यानर टाँगेको छ । परिषदले पैसा र पहुँचका आधारमा जग्गामाथि चलखेल गरे कडाभन्दा कडा कारबाही गर्ने चेतावनी समेत दिएको छ ।

प्रतिक्रिया