1312
Shares
मोरङ – पत्रकार बिराट अनुपमलाई सुनसरी इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरीले कुटपिटको धम्की दिएका छन्।
अनुपमको समाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया दिदै आएका मेयर चौधरीले पछिल्लो समय फोनमा धम्की दिदै नाक भाच्नका लागि १ करोड रूपैया छुट्टयाइएको बताएका छन्।
उनले फोन गर्दै भनेका छन्, ‘तिम्रो नाकको हड्डी भाच्न १ करोड छुट्टयाएको छु र एउटा घडेरी पनि छुट्टाएको छु’
केही समयअघि कर्मचारीमाथि हातपात र पत्रकारलाई अभद्र व्यवहार गर्दै आलोचित मेयर चौधरी काठमाडौंमा बस्दै आएका छन्।
समाजिक सञ्जालमा समेत मेयर चौधरीले अब पालो तिम्रो भन्दै कमेन्ट गरेको गुनासो अनुपमले गरेका छन्।