२०८३, १२ असार शुक्रबार
×

ट्रेन्डिङ

नेपाली कांग्रेसका सांसद जिपछिरिङ लामाले दिए जिल्लाका सबै स्थानीय तहलाई एम्बुलेन्स

1104 Shares
Spread the love

दोलखा । संघीय सांसद एवं कांग्रेस नेता जिपछिरिङ लामाले दोलखा जिल्लामा १० वटा एम्बुलेस रु दुइ वटा शब वहाना सहयोग गरेका छन् जिल्लामा रहेका नौ वटा स्थानीय तहलाई एकएक ओटा एम्बुलेन्स, भीमेश्वर जिरी नगरपालालिका थप एक एक वटा शब वाहान सहयोग गरेका तेङिमादाडोमा लामा स्मृति प्रतिष्ठानले जनाएको

यसअघि पाँच स्थानीय तहलाई गत मंसिरमै उनले एम्बुलेन्स दिएका थिए । उनले आमाबाबुको नाममा स्थापना गरेको तेङिमा–दाडोमा लामा स्मृति प्रतिष्ठानको तर्फबाट एम्बुलेन्स र शव वाहन प्रदान गरेका हुन् ।

भिमेश्वर र जिरी नगरपालिकालाई भने शव वाहन पनि दिइएको हो । उनले गत वर्ष गौरीशंकर गाउँपालिका ८ खारेलाई पनि एक एम्बुलेन्स उपलब्ध गराएका थिए । त्योसहित सांसद लामाले जिल्लामा दश वटा एम्बुलेन्स वितरण गरिसकेका छन् ।

एम्बुलेन्स नभएकै कारण धेरै बिरामीलाई समयमानै अस्पताल पु¥याउन नसक्दा मृत्यु भएको खबर सार्वजनिक भइरहेका बेला त्यस्ता समस्या नआओस् भन्ने उद्देश्यले एम्बुलेन्स वितरण गरिएको लामाको बताएका छन् । एम्बुलेन्स वितरण कार्यक्रममा बोल्दै सांसद लामाले कसैलाई पनि भेदभाव नगरी सेवा दिन एम्बुलेन्स पाउने स्थानीय तहलाई आग्रह गरेका छन् । ‘यो पार्टी र ऊ पार्टीको नभनी सबैलाई सेवा दिनुहोस’ सभासद् लामाले भने, ‘मेरा लागि दोलखाबासी सबै समान हुन त्यसैले कसैलाई भेदभाब नगरि सेवा दिनु होला ।’

आफुले कमाएको सम्पति र सांसद भएबापत आउने तलब–भत्ताको रकम खर्च गरि १ करोड ४४ लाखमा एम्बुलेन्स खरिद नागरिकको सेवा गरेको लामा भनाई छ । नेपाली कांग्रेसका पुर्व केन्द्रिय सदस्य समेत रहेका लामाले सहयोग हस्तान्तरण गर्दा आफ्नो कुनै राजनीतिक स्वार्थ नरहेको प्रस्ट पारेका छन् ।

प्रतिक्रिया