२०८३, १० कार्तिक सोमबार
×

अष्ट्रेलियामा अन्धाधुन्ध बन्दूक चल्दा ४ को मृत्यु

3878 Shares

जेठ २१- अष्ट्रेलियाको उत्तरी क्षेत्रमा एक समूहमाथि अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा चार जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।स्थानीय समय अनुसार मङ्गलबार साँझ भएको बन्दूक आक्रमणमा परी कम्तिमा चार जनाको मृत्यु भएको छ भने केही अन्य व्यक्ति घाइते भएका छन्, अष्ट्रेलियाको दैनिक पत्रिका ‘द अष्ट्रेलियन’ले प्रहरीलाई उद्धृत गरी समाचार लेखेको छ ।

नर्दन टेरिटरीको राजधानी डार्विनमा भएको सुटिङको तत्काल कसैले जिम्मेवारी लिएको छैन । प्रहरीले घटनामा आतङ्कवादी समूहको हात रहेको वा नरहेकोबारे अनुसन्धान गरिरहेको छ ।प्रहरीले घटनामा सम्लग्न रहेको आरोपमा ४५ बर्षीय एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ भने शहरका विभिन्नस्थानहरूलाई घेरावन्दी गरी अनुसन्धान अघि बढाएको छ ।

प्रहरीले बताए अनुसार साँझ ६ बजे केही राउण्ड गोली चलेको र उक्त आक्रमणमा चार जनाको मृत्यु भएको छ । तर एक प्रत्यक्षदर्शीका अनुसार स्थानीय एक सानो होटेलमा करिब २० राउण्ड गोली चलेको थियो । रासस

प्रतिक्रिया