काठमाडौं, जेठ २१ : केही महिना अघि श्रीलंकामा भएको विस्फोटपछि साम्प्रदायिक हिंसा फैलिएको छ। बौद्ध भिक्षुहरूले देशभर मुस्लिम समुदायका मान्छेमाथि आक्रमण गर्न थालेपछि नौ जना मन्त्रीले राजीनामा दिएका हुन्।
इस्टरका दिन अप्रिल २१ मा श्रीलंकाको राजधानी कोलम्बोका केही स्थानमा बम विस्फोट भएको थियो। त्यसयता मुस्लिम समुदायका व्यक्तिमाथि आक्रमण हुन थालेको हो। अहिले देशभर साम्प्रदायिक हिंसा मच्चिएको छ।
कोलम्बो विस्फोटपछि भड्किएको साम्प्रदायिक हिंसामा मुस्लिम समुदायका दुई सय ५८ जना मारिएका छन्। हिंसामा मुस्लिम सामुदायका मारिन थालेको तर, सरकारले सुरक्षा दिन नसकेको जनाउँदै नौ जना मन्त्रीले राजीनामा दिएका हुन्।
मुस्लिम समुदायका मन्त्रीसँगै दुई राज्यपालले पनि राजीनामा दिएका हुन्। सरकारले मुस्लिम समुदायमाथिको हिंसा रोक्न नसकेको उनीहरूको भनाइ छ।
राजीनामा दिने मन्त्रीमा क्याबिनेट मन्त्री कबीर हाशिम, गृहमन्त्री हलीम और रिशद बतीउद्दीन शामिल पनि रहेका छन्। त्यस्तै, राज्यमन्त्री फैजल कासिम, हारेश, अमीर अली शिहाबदीन, सैयद अली जाहिर मौलाना, सहायकमन्त्री अब्दुल्ला महरूफले राजीनामा दिएका हुन्।
उनीहरू हिंसा रोक्न, अल्पसंख्यकलाई न्याय दिन र उनीहरूमाथिको आक्रमण रोक्न माग गरेका छन्। सरकारले हिंसा रोक्न प्रयास नगरेर समर्थन पनि नदिने जनाएका छन्। ‘सरकारलाई समर्थन जारी राख्छौं तर, हिंसाको निष्पक्ष जाँच हुनुपर्छ, दोषीमाथि कारवाही हुनुपर्छ,’ न्यायमन्त्री रऊफ हकीमले भने।
इस्टरको दिन आठ वटा विस्फोट गराइएका थिए। तीन चर्च र तीन पाँच तारे होटलमा विस्फोट भएको तियो। यसको जिम्मेवारी इस्लामिक स्टेट (आईएसआईएस)ले लिएको छ।