1691
Shares
एजेन्सी – केन्द्र सरकारमा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का गुजरातका विधायक बलराम थवानीले एक महिलालाई लात्ती हानेको भिडियो यतिखेर सामाजिक सन्जालमा भाइरल बनेको छ ।
नरोदा क्षेत्रमा खानेपानीको समुचित वितरणको माग राख्दै विधायक भेट्न गएकी नितु तेजवानीलाई विधायक थवानीले लात्ता हानेका हुन् । सोही क्षेत्रका विधायक थवानी र उनका समर्थकले तेजवानीलगायतक अन्य महिलामाथि पनि आइतबार कुटपिट गरेका छन् ।
‘पानीको समुचित वितरणको माग लिएर म विधायक भेट्न गएकी थिए । मेरो कुरा नसुनिकनै उनले मलाई पिट्न थाले । बाचाऊका लागि आएका मेरा श्रीमानलाई पनि उनका समर्थकले पिटे । मेरा अन्य साथीलाई पनि कुटपिट गरे,’ तेजवानीले भनिन् ।