२०८३, १० कार्तिक सोमबार
×

फेसबुक मुख्यालय अगाडि नग्न प्रदर्शन,स्तनका तस्विरहरुले छापे गोप्य अङ्ग

2613 Shares

एजेन्सी – अमेरिकाको न्यूयोर्क शहरस्थित फेसबुकको मुख्य कार्यालय अगाडि नग्न प्रदर्शन गरिएको छ।

फेसबुक र इन्स्टाग्रामले कलात्मक नग्नता प्रदर्शनमा समेत कडा नियमन गरेको भन्दै त्यसको विरोधमा नग्न प्रदर्शन गरिएको हो।

अन्तर्राष्ट्रिय संचारमाध्यम सिएनएनमा उल्लेख गरिएको समाचार अनुसार फेसबुक मुख्यालय अगाडि करिब सय जनाको उपस्थितमा आइतबार नग्न प्रदर्शन गरिएको थियो।

प्रदर्शनका क्रममा सहभागिहरुले सडकमा नग्न भएर प्रदर्शन गरेका थिए। सो क्रममा उनीहरुले पुरुष स्तनका ठूला तस्विरहरुले आफ्नो गोप्य अङ्गहरु छोपेका थिए।

विदनिप्पल नाम दिइएको उक्त प्रदर्शनलाई अन्तर्राष्ट्रिय रुपमा ख्याती प्राप्त अमेरिकन कलाकार स्पेन्सर ट्युनिक र द नेशनल कोलिसन अगेन्सट सेन्सरसिप नामक संस्थाले आयोजना गरेको हो।

प्रतिक्रिया