२०८३, १० कार्तिक सोमबार
×

ट्रकको ठक्करबाट गम्भीर घाइते युवकले श्रीमतीलाई भिडियो कल गरेर फेरे अन्तिम सास

1102 Shares

भारत – ट्रकको ठक्करबाट गम्भीर घाइते भएका युवकले श्रीमतीलाई भिडियो कल गरेर फेरे अन्तिम सास फेरेका छन् । भारतको बेगूसरायको नेशनल हाइवे–२८ मा बाइकमा सवार राजाराम पण्डितलाई ट्रकले ठक्कर दिएर गम्भीर घाइते भए । ट्रकको ठक्करबाट सडकमा खसेका पण्डितको ट्रकको पाङ्ग्राले कुल्चिँदा एउटा खुट्टा तिघ्राबाटै छिनेको थियो । उनले आफ्नो स्थिती देखाउन श्रीमतीलाई भिडियो कलसमेत गरेका थिए ।

प्रत्यक्षदर्शीले इयरफोन लगाएर बाइक चलाइरहेका पण्डितले ट्रकको हर्न नसुन्दा दुर्घटना भएको बताएका छन् । तीन वर्ष अघि मात्रै विवाह गरेका पण्डित श्रीमतीलाई भिडियो कल गर्नेबित्तिकै बेहोस भएपछि उनलाई पुलिसले बेगूसरायस्थित अस्पताल पुर्याए पनि उनको मृत्यु भएको जनाइएको छ ।

घटनास्थलमा पुगेका परिवारका सदस्यका अनुसार राजरामको तीन वर्ष अघि मात्रै विवाह भएको थियो उनकी सात महिनाकी छोरी छिन् ।

प्रतिक्रिया