जेठ १८ नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाले कम्युनिष्ट सरकारबाट मुक्ति पाउन आन्दोलन गर्नुपर्ने बेला आउन सक्ने बताएका छन् । बर्तमान सरकारले जनताको अधिकार खोस्दै गएको भन्दै त्यसका लागि आन्दोलन नै गर्नुे पर्ने अवस्था आउँन सक्ने बताएका हुन् । आज शनिबार कांग्रेस रुपन्देहीको जिल्ला सम्मेलन उद्घाटन गर्दै देउवाले त्यसका लागि सबै जना तयार रहनु पर्ने बताए । उनले भने “कम्युनिष्ट सरकारबाट मुक्ति पाउन आन्दोलन गर्नुपर्ने बेला आउन सक्छ। तयार रहनुपर्छ। त्यसका लागि पार्टी एक हुनु जरुरी हुन्छ।”सरकारले जनताको प्रजातान्त्रिक अधिकारमाथि हस्तक्षेप गर्दै गएको बताए ।
सरकारले प्रेस स्वतन्त्रतामाथि धावा बोल्नु नै प्रजातन्त्रमाथिको हस्तक्षेप भएको बताए । उनले भने “सरकारले अभिव्यक्ति स्वतन्त्रतामाथि बन्देज लगाउन खोज्यो। प्रेस काउन्सिलमाथि धावा बोलेको छ। मानब अधिकार आयोगमाथि पूर्ण हस्तक्षेप गर्न खोजेको छ। प्रेसमाथि हस्तक्षेप भनेको प्रजातन्त्रमाथिको हस्तक्षेप हो। कांग्रेसले अभिव्यक्ति स्वतन्त्रताका लागि २००७ सालदेखि लड्दै आएको हो।”

वाक स्वतन्त्रतामा लगाम लगाउँन खोज्दा बिगतमा कांग्रेसले नै राणा, राजा र पञ्चायत हटाएको स्मरण गराउँदै उनले प्रधानमन्त्री ओलीलाई जनताका अधिकार, न्यायालय, प्रेस, मानब अधिकार आयोगमाथि हस्तक्षेप नगर्न आग्रह गरे। एक फरक प्रसंगमा उनले कांग्रेसलाई चुनावमा हराउँने पनि अरु कोही नभएर कांग्रेसी नै भएको दाबी गरे । उनले चुनावको बेला अन्तरघात गर्ने जो कोहीलाई पार्टीले कारवाही गरेरै छाड्ने उद्धोष गरे ।