२०८३, १२ असार शुक्रबार
×

ट्रेन्डिङ

ओलीसँग किन झस्किए प्रचण्ड ?

1293 Shares
Spread the love

काठमाडौं। सरकार र पार्टीमा शक्तिशाली बन्दै गएका केपी ओलीका गतिविधिबाट नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डल सशंकित बन्दै गएका छन्। दुई तिहाइ सरकारको नेतृत्व गरिरहेका ओलीमा पार्टीभित्र शक्तिशाली हुन खोजको निष्कर्ष निकाल्दै अर्का अध्यक्ष प्रचण्डले ‘आलोपालो सरकार चलाउने’ सहमतिको प्रसंग निकालेपछि पार्टीमा नयाँ तरंग पैदा भएको छ।

पछिल्लो समय अध्यक्ष दाहालले अर्का अध्यक्ष केपी ओलीले एक्ल्याउन खाजेको निष्कर्ष निकालेको प्रचण्ड निकट स्रोतले जनाएको छ। प्रचण्ड निकट गृहमन्त्री रामबहादुर थापा बादललाई  ओलीले आफ्नो पक्षमा पार्न संगठन विभाग प्रमुखको जिम्मेवारी दिन लागेको भन्दै दाहाल ओलीप्रति सशंकित भएका हुन्। आफू सरकारको रक्षा कवच बनेको तर प्रधानमन्त्रीले भने आफूलाई एक्ल्याने नीति दिएपछि प्रचण्ड ओलीप्रति सशंकित बनेका हुन्।

स्रोतका अनुसार प्रचण्ड प्रधानमन्त्री भन्दा पनि पार्टीको कार्यकारी अध्यक्ष बन्न चाहन्छन्। उनी ओलीले सरकार चलाउने र आफू पार्टीको कार्यकारी भूमिकामा रहन चाहन्छन्। त्यसो त अहिले पनि प्रचण्ड अध्यक्ष छन्, तर उनको भूमिका सहअध्यक्षको जस्तै छ। 

प्रचण्ड निकट गृहमन्त्री रामबहादुर थापा बादललाई  ओलीले आफ्नो पक्षमा पार्न संगठन विभाग प्रमुखको जिम्मेवारी दिन लागेको भन्दै दाहाल ओलीप्रति सशंकित भएका हुन्। आफू सरकारको रक्षा कवच बनेको तर प्रधानमन्त्रीले भने आफूलाई एक्ल्याने नीति दिएपछि प्रचण्ड ओलीप्रति सशंकित बनेका हुन्।

प्रचण्डले आलोपालो सरकार चलाउने विषय उठाएर ओलीलाई साइजमा ल्याउने, ओलीले सरकार चलाउने र आफूले पार्टी चलाउने वातावरण निर्माण गर्ने इच्छा देखाएका छन्।

प्रचण्डले पार्टी वा सरकारमध्ये एउटा आफूले पूर्ण रूपमा चलाउन पाउनुपर्ने वातावरणका लागि दबाब बढाएको अर्थमा नेकपाभित्र चर्चा हुन थालेको छ।

अघिल्लो वर्षको जेठ २ गतेको मितिमा हस्ताक्षरित उक्त पत्रको चौथो बुँदामा ‘समानता र समान अवधिका आधारमा आवश्यकताअनुरूप दुवै अध्यक्षले सरकारको नेतृत्व गर्ने’ उल्लेख छ । पत्रकार ऋषि धमलालाई दिएको अन्तर्वातामा प्रचण्डले भनेका छन्, ‘म के विश्वास गर्छु भने केपी ओलीले समय आएपछि सत्ता हस्तान्तरण गर्न अप्ठेरो मान्नुहुन्न । मैले लिन पनि अप्ठेरो मान्दिनँ ।’

नेकपाभित्र ‘एक व्यत्ति एक जिम्मेवारी’ को बहस पार्टी एकताकै बेला पनि भएको थियो । एकता नै टर्न सक्ने भएपछि ओली र दाहाललाई समानान्तर अध्यक्ष बनाउने समझदारी बनेको थियो । दुई अध्यक्षको अभ्यास झन्डै ६ महिना चलेपछि यसमाथि पुनर्विचार गर्नुपर्ने लिखित प्रस्ताव गत मंसिर २९ मा सचिवालय सदस्य वामदेव गौतमले स्थायी समिति बैठकमा गरेका थिए । 

सरकार चलाउने अध्यक्षले पार्टीको काम छोड्नुपर्ने र पार्टीको काम गर्ने अध्यक्षले सरकारको काममा जोडिन नहुने पक्षमा पूर्व माओवादी पक्ष छ।
प्रचण्डले प्रधानमन्त्री ओलीलाई आफूले दुःख, सुख र अप्ठेरोमा रक्षा गर्न बल गरिरहेको उल्लेख गर्दै भनेका अन्तर्वातामा भनेका छन्, ‘यसकारण पनि उहाँले भोलि छाड्नुहुन्न भन्ने म कल्पना गर्न चाहन्नँ।’

गत वर्ष पार्टी एकता हुनुपूर्व दुई पार्टीका अध्यक्ष पालैपालो प्रधानमन्त्री बनेर सरकारको नेतृत्व गर्ने र पार्टीको नेतृत्व संयुक्त रुपमा गर्ने गोप्य सहमति भएको थियो । सो समयमा यसबारे धेरै चर्चाहरु भए पनि आधिकारिक रुपमा सहमतिको दस्ताबेज सार्वजनिक गरिएको थिएन । तर केही समयअघि प्रकाशित पत्रकार शुभशंकर कंडेलको किताबमा सहमतिको उक्त दस्ताबेज जस्ताको तस्तै छापिएको छ ।

उक्त दस्ताबेजमा पनि धेरैको ध्यान खास्सै नगएका बेला प्रचण्डले ‘सहमतिअनुसार हुन्छ’ भनेपछि पाँच वर्षको ‘स्थायी सरकार’ को नेतृत्व साढे दुई वर्षमै फेरिने आशंका बढेको छ।

प्रतिक्रिया