२०८३, १२ असार शुक्रबार
×

ट्रेन्डिङ

बिष्णु पौडेलको जोडबलमा नियुक्त भएका सचिव बर्खास्त

960 Shares
Spread the love

जेठ १७ – सरकारले लुम्बिनी विकास परिषदको सदस्य सचिव बिष्णु प्रसाद ढकाललाई पदबाट हटाएको छ। मन्त्रिपरिषद बैठकले गरेको निर्णयहरु सार्वजनिक गर्दै सरकार प्रवक्ता तथा सञ्चार, सूचना तथा प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ढकाललाई पदबाट हटाइएको बताए । पदबाट बर्खास्त भएका सचिव ढकाल नेकपाका महासचिव बिष्णु पौडेलको जोडबलमा पर्यटन मन्त्रालयको सिफारिसमा नियुक्त भएका थिए ।

ढकाल अनियमितता प्रकरणमा मुछिएपछि अख्तियारको कारवाही सिफारिसमा परेका थिए । बिवादास्पदरुपमा नियुक्ती पाएका ढकाललाई अख्तियारको कारवाही सिफारिसपछि सर्वोच्च अदालतले जारी गरेको अन्तरिम आदेशको कारण उनले २ दिन भन्दा बढि काम गर्न पाएका थिएनन् । उनी २०७४ सालमा पाल्पाको प्रमुख जिल्ला अधिकारीसमेत रहेका थिए । लुम्बिनी विकास परिषदको सदस्य सचिव पदमा नियुक्ती निर्णय लगत्तै उनले  प्रमुख जिल्ला अधिकारीको पदबाट राजीनामा दिएका थिए ।

प्रतिक्रिया