२०८३, ११ असार बिहीबार
×

ट्रेन्डिङ

“सरकारको दम्भ र विप्लवको आतंक दुबै जनहित विपरित” :- नेता सिटौला

1405 Shares
Spread the love

जेठ १४नेपाली कांग्रेसका नेता एवं पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले विप्लवको नाममा देशमा फेरी पनि हिंसा आतंक सुरु भएको भन्दै चिन्ता व्यक्त गरेका छन् आज मंगलबार बिराटनगरमा नेपाल प्रेस युनियन मोरङद्धारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् सरकार विप्लवकै कारण यतिबेला जनता प्रताडित हुनु परेको भन्दै विप्लवको समस्या समाधान गर्न नसक्नु सरकारको कमजोरी भएको बताए विप्लवले बम पड्काएर जनता आतंकित पार्ने त्यसको समस्या समाधान गर्नु भन्दा सरकार थप द्धन्द चर्काउन खोजेको भन्दै आपत्ति जनाए उनले भने सरकारको दम्भ विप्लवको आतंक दुवै जनहित विपरित

देशमा फेरी पनि नयाँ ढंगले आतंक सुरु भएको उनको भनाई उनले विप्लवलाई हिंसा आतंकले जनता देश दुबैको भलो नहुने भन्दै शान्तिपुर्ण तरिकाले अगाडी बढ्न आग्रह गरे समस्या समाधानका सरकार विप्लव दुबै जना अग्रसर नभएको आरोप लगाउँदै उनले भनेविप्लवको गतिविधि हेर्दा मुलुकलाई पुरानै दर्दनाक अवस्थामा पुर्याउने कुचेस्टा भएको देखिन्छ अब पनि नेपालीले रगत बगाउनुपर्ने दिन आएमा सबैका लागि दुर्भाग्यपूर्ण हुनेछ

प्रतिक्रिया